• २०८३ असार ३२ | Thu, 16 Jul 2026

सिन्धुपाल्चोककाे लामोसाँघुमा बस दुर्घटना, २० जना घाइते

सिन्धुपाल्चोककाे लामोसाँघुमा बस दुर्घटना, २० जना घाइते

सिन्धुपाल्चोक। सिन्धुपाल्चोककाे लामोसाँघुमा आज बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

दिउँसाे साढे चार बजेतिर बा.प्र.०३-००१ ख २५२१ नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएकाे छ।

सिन्धुपाल्चोककाे सुनकोशी गाउँपालिका- ७, पाँचकिलोस्थित जिरी-खाडीचौर सडक खण्डमा रामेछापबाट चरिकोट हुँदै काठमाडाैंतर्फ आउँदै गरेको साे बस दुर्घटना भएकाे हाे ।

दुर्घटनाकाे खबर पाए लगत्तै प्रहरीचौकी लामोसाँघुबाट प्रहरी नायब निरिक्षक अशोक महतोको कमाण्डमा ७ जना ट्राफिकसहितको टोली घटनास्थल पुगेर घाइतेकाे उद्धार गरेकाे थियाे ।

साे क्रममा चालक, ३ जना नाबालकसमेत २० जना घाइतेलाई उद्धार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर लगिएको र सबै घाइतेको अवस्था सामान्य रहेको सिन्धुपाल्चोक प्रहरीले जनाएकाे छ। याे समाचार हामीले पत्रकार देवराज सुवेदीकाे सहयाेगमा तयार पारेका हाैं ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २१, मंगलवार १३:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP