• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले आज सूचना जारी गर्दै मुलुकको विषम परिस्थितीका कारण विमानस्थल सञ्चालनमा समस्या भएकाले बन्द गरिएको उल्लेख गरेकाे छ ।

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, उपत्यकाभित्रको विषम परिस्थिति र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवाका कारण विमानको सुरक्षामा गम्भीर असर पर्ने जारी सूचनामा उल्लेख छ ।

विमानस्थल बन्द रहेको अवस्थामा यात्रुहरूलाई विमानस्थल नआउन र विमानस्थल खुलेको सूचना पाएपछि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्रै आउन अनुरोध गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २५, बुधबार ०८:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP