• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

कच्चा तेलको मूल्यमा उच्च बृद्धिः जी–७ राष्ट्रको आकस्मिक बैठक

कच्चा तेलको मूल्यमा उच्च बृद्धिः जी–७ राष्ट्रको आकस्मिक बैठक

काठमाडौँ । कच्चा तेलको मूल्यप्रति ब्यारेल १२० डलरनजिक पुगेपछि जी–७ राष्ट्रले आकस्मिक बैठक बोलाएका छन् । युद्धका कारण अर्थतन्त्रमा परेको प्रभावबारे छलफल गर्न औद्योगिक राष्ट्रहरूका अर्थमन्त्री र यूके चान्सलर रचेल रिभ्ससहितको बैठक बोलाइएको हो ।

क्यानडा, फ्रान्स, जर्मन, इटाली, जापान, बेलायत र अमेरिकासहितका राष्ट्रहरूको समूह नै जी–७ हो । अमेरिका र इजरालयले इरानविरुद्ध संयुक्तरूपमा आक्रमण गरेपछि तेलको मूल्यमा उच्च दरले बृद्धि भएको छ । ‘स्ट्रेट अफ हर्मुज’ हुँदै आपूर्ति हुने तेल युद्धका कारण अवरुद्ध भएकाले विश्व बजारमा तेलको मूल्य सोमबार प्रतिब्यारेल १२० डलर नजिक पुगेको थियो ।

अमेरिका र इजरायलले इरानका तेल भण्डारण स्थलहरुमा हवाई आक्रमण गरिरहेका छन् । एसियाली बजारमा सामेबार ब्रेन्ट क्रुड तेलको मूल्य झण्डै २५ प्रतिशतले बढेर प्रतिब्यारेल ११९.५० डलर पुगेको छ । पछि फेरि घटेर प्रति ब्यारेल १०९ डलरमा झर्यो । अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट क्रुड तेलको मूल्यबृद्धि पनि त्यस्तै देखिएको छ । यो झण्डै प्रतिडलर १०४ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको सहजीकरणमा पेट्रोलियम पदार्थको भण्डारणबारे पनि जी–७ बैठकमा छलफल हुने द फाइनान्सियल टाइम्समा उल्लेख छ । ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने तेल आपूर्ति अवरुद्ध हुँदा विश्वभरका उपभोक्ता र व्यवसाय प्रभावित भएका छन् ।

विश्वको पाँच भागमध्ये एक भाग तेल ‘स्ट्रेट अफ हर्मुज’ जलमार्गबाटै आपूर्ति हुँदै आएको थियो । तर, एक साताअघि सुरु भएको युद्धका कारण यो साँघुरो जलमार्गबाट जहाज आवातजावत ठप्प छ । इरानले आइतबार आयतुल्लाह अली खामेनाईको उत्ताराधिकारीका रुपमा उनका छोरा मोज्तबा खामेनाईलाई सर्वोच्च नेता बनाउने घोषणा गरेको छ ।न्यूज २४ दैनिकबाट



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन २६, मंगलवार ०१:०१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP