• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

आन्दाेलनमा सिंहदरबार र आसपासका हजारभन्दा बढी सवारीसाधन नष्ट

आन्दाेलनमा सिंहदरबार र आसपासका हजारभन्दा बढी सवारीसाधन नष्ट

काठमाडौँ । मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र आसपासमा रहेका सरकारी निकायमा भएको आगजनीबाट एक हजारभन्दा बढी सवारीसाधन जलेर नष्ट भएका छन् । जेनजी समूहले गरेको आन्दोलनका क्रममा गत मङ्गलबार भएको आगजनीबाट ४४१ वटा चार पाङ्ग्रे तथा ६०१ वटा दुई पाङ्ग्रे गरी एक हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् ।

यो तथ्याङ्क त्यस क्षेत्रका सबै सरकारी निकायको होइन । सम्बन्धित सरकारी निकायले निकालेको प्रारम्भिक अनुमान र गोरखापत्रले गरेको स्थलगत अवलोकनका आधारमा यो प्रारम्भिक सङ्ख्या निकालिएको हो । यसभन्दा पनि बढी क्षतिको अनुमान छ । तोडफोड मात्र भएका सवारीसाधन यसमा परेका छैनन् । सबैको आर्थिक मूल्य निकाल्न निकै समय लाग्नेछ ।

सबैभन्दा धेरै ६५ वटा चारपाङ्ग्रे

सबैभन्दा धेरै सवारीसाधन सडक विभागका नष्ट भएका छन् । विभागले मोटरसाइकल र स्कुटर गन्न नसकिने गरी जलेको जनाइएको छ । त्यसपछि सर्वोच्च अदालतका ५१ वटा चारपाङ्ग्रे र गन्न नसकिने सङ्ख्यामा मोटरसाइकल/स्कुटर, सहरी विकास तथा भवन निर्माण विभागका ५० गाडी र अनुमानित दुई सय मोटरसाइकल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ४७ गाडी र ७४ मोटरसाइकल/स्कुटर नष्ट भएका छन् ।

त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल/स्कुटर नष्ट भएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले बताउनुभयो । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३३ साना गाडी र दुई बस तथा ३६ मोटरसाइकल जलेर नष्ट भएका छन् । याे समाचार हामीले गाेरखापत्रबाट लिएका हाैं ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र ३१, मंगलवार ०३:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP