• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १७ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १७ जना पक्राउ

काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट थप १७ जना पक्राउ परेका छन् । नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-२ मुखिया टोलबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो ६ सय ८८ ग्रामसहित सोही ठाउँ बस्ने ६० वर्षीया बेली बनियालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

ललितपुर, गोदावरी नगरपालिका-५ लेलेबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ लेले घर भएका ४० वर्षीय किरणकुमार परियार, ३१ वर्षीय निर्मल घलान र ५९ वर्षीय राजकुमार सुन्दास रहेका छन् । प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेटसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय समिर घर्ति र २६ वर्षीय रमेश गन्दर्भ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ७० मिलिग्रामसहित इटहरी उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय सुशान ठाकुरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-६ रझेनाबाट अवैध लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट र नाइट्राजेपाम १ सय ७८ ट्याब्लेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय पवनकुमार केसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१ कोईलापानीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६३ ट्याब्लेट र एनारगन ६६ ट्याब्लेटसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय सुनिल विक र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय अनिल सुनार रहेका छन् । अस्थायी प्रहरी पोष्ट शंखदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सिरहा, सुखीपुर नगरपालिका-८ महदेवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशिलकुमार चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ६ ट्याब्लेटसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय अविशेक शर्मा, सोही उपमहानगरपालिका-३ बस्ने २० वर्षीय देव शर्मा र बझाङ जयपृथ्वी नगरपालिका-१० घर भएका २७ वर्षीय सन्जिव रिजाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४७ ग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा बरियारपट्टी गाउँपालिका-४ बस्ने २४ वर्षीय उदितनारायण राय अमात, मोरङ बेलबारी नगरपालिका-१० बस्ने ३७ वर्षीय पदमबहादुर जोगी र झापा मेचीनगर नगरपालिका-२ बस्ने २४ वर्षीय निकास आले रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले लाहानबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश०१-००१ ख ०६२८ नम्बरको हायसमा सवार उदितलाई ५ सय ३० मिलिग्राम, इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्रदेश०१-००२ ज ७५९९ नम्बरको ट्याक्सीमा सवार पदमलाई १२ ग्राम ६ सय मिलिग्राम र काँकडभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६६० नम्बरको हायसमा सवार निकासलाई ३३ ग्राम ८ सय ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

सर्लाही । ब्रहम्पुरी गाउँपालिका-४ बाट स्रोत नखुलेको नगद ८ लाख रूपैयाँ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका-४ घर भएका २३ वर्षीय कृष्णकुमार पासवान र चन्द्रनगर गाउँपालिका-१ घर भएका ४१ वर्षीय शिवनारायण महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट भेल्ही चोकतर्फ जाँदै गरेको म.प्र.०३-०३७ प ७४५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २९, आईतवार ००:२९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP