• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

जेनजी आन्दोलनः निजी क्षेत्रमा असी अर्बको क्षति भएकाे प्रारम्भिक अनुमान

जेनजी आन्दोलनः निजी क्षेत्रमा असी अर्बको क्षति भएकाे प्रारम्भिक अनुमान

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको छ ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी क्षतिको यस्तो प्रारम्भिक अनुमान प्रस्तुत गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहितको प्रतिनिधि मण्डलले यस्तो प्रारम्भिक क्षति औँल्याएको हो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले देशैभरको क्षति विवरण सङ्कलन गरिरहेको र हालसम्म उपलब्ध सूचना अनुसार करिब ८० अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन रहेको बताउनुभएको हो । ढकालले ठूलो क्षति भएका उद्योग र साना एवं राजधानीबाहिरका केही व्यवसायको विवरण आउन नसकेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभयो ।

महासङ्घ र परिसङ्घले जतिसक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण गरिरहेको जनाएका छन् । छलफलमा अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानका लागि निजी क्षेत्रले सरकारसँग आवश्यक सुरक्षा समन्वय र सहकार्यका लागि आग्रह गरेको छ । उहाँले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महìव बुझ्न नसकिएको रूपमा हेर्न सकिने बताउनुभयो ।

बैठकमा सहभागी नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेका अनुसार प्रधानमन्त्री कार्कीले निजी क्षेत्रले भोगेका समस्यामा समाधान निकाल्ने गरी आवश्यक नीतिगत सहजीकरण गर्न मन्त्रीपरिषद् बैठकमा छलफल गरिने बताउनुभएको थियो ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिले क्षतिको बिमादाबी प्रक्रिया द्रुत हुनुपर्ने र दाबीको आधा रकम सुरुमै भुक्तानी हुने प्रबन्ध गरिदिन आग्रह गरेका थिए । यसमा अर्थमन्त्री रामेश्वर खनाल पनि संवेदनशील रहनुभएको पाण्डेले जानकारी गराउनुभयो ।गाेरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ६, सोमबार ०२:३६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP