काठमाडौं। नेपाल आयल निगमले आजदेखि आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय गरेको छ।
बजारमा ग्यासको आपूर्ति सहज बनाउनका लागि यसो गर्नु परेको निगमले जनाएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले ७.१ केजीको ग्यास ९५५ रुपैयाँमा बजारमा पठाउने जनाएको हो।
विश्व बजारमा नै ग्यासको आपूर्ति कम भएको र भारतमा पनि यो समस्या रहेकाले नेपालमा केही समयदेखि ग्यासको आपूर्तिमा समस्या भएको निगमले जनाएको छ।
प्रतिक्रिया