• २०८३ जेष्ठ १७ | Sun, 31 May 2026

प्रतिनिधिसभा सदस्य निर्वाचन: ४.७ प्रतिशत मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचन: ४.७ प्रतिशत मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै निर्वाचन प्रणलीमा उक्त परिमाणमा मत बदर भएको हो ।

उनका अनुसार विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मत प्रतिशत ५.०६ प्रतिशत थियो भने २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बदर मतको प्रतिशत ५.१८ प्रतिशत थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनमा ४.९६ प्रतिशत मत बदर भएको थियो । यसैगरी २०६४ साल चैत २८ गते सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा भने ५.१५ प्रतिशत मत बदर भएको थियो ।

आयोगका अनुसार विगतका पाँच वटा निर्वाचनको तुलनामा यसपटक औसतमा कम मत बदर भएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ३०, शनिबार १२:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP