• २०८३ असार ३१ | Wed, 15 Jul 2026

अवैध लागूऔषध काराेबारी बढ्दैः विभिन्न स्थानबाट थप १५ जना पक्राउ

अवैध लागूऔषध काराेबारी बढ्दैः विभिन्न स्थानबाट थप १५ जना पक्राउ

काठमाडौँ । पछिल्लाे समय अवैध लागूऔषध काराेबारी बढ्दै गएका छन् । जसले गर्दा प्रहरीका लागि याे टाउकाे दुखाइकाे विषय बन्न थालेकाे मात्र छैन सुरक्षा चुनाैती पनि उस्तै छ । अवैध लागूऔषधसहित फेरि पनि देशका विभिन्न स्थानबाट थप १५ जना पक्राउ परेका तथ्यांक प्रहरीले सार्वजनिक गरेकाे छ ।

जस अनुसार मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२ ग्रामसहित भारत घर भएका २९ वर्षीय मसुल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय रंजित चौधरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ५० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-६ बस्ने २६ वर्षीय ख्यामबहादुर देवान लिम्बु र २७ वर्षीय शौरभ कटुवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले प्र.१-०२-०४९ प ५७०२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिरहा, गोलबजार नगरपालिका-४ निपाने टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका-५ बस्ने २५ वर्षीय अनिल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३३ वर्षीय बलिराम महतोले उक्त लागूऔषध बेच्नका लागि पठाएको भनि खुल्न आएपश्चात लहान नगरपालिका-१ भाईरलबाबा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ५० मिलिग्रामसहित बलिरामलाई पक्राउ गरेको छ ।

बाँके, कोहलपुर नगरपालिका-२ बर्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय सत्य नारायण थारूसमेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।

नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ हजार ७ एम्पुल, डाइजेपाम ९ सय १० एम्पुल र फेनारगन ७ सय ३३ एम्पुलसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बडसारे बस्ने २६ वर्षीय सुनिलकुमार यादव र ३५ वर्षीय जितेन्द्र जैसवाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले युपि ५६ एएक्स ८१०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा रामग्राम नगरपालिका-१७ देवगाउँ बस्ने ४९ वर्षीय लक्कीचन्द केवटको घरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय ३९ एम्पुल, डाइजेपाम ६ सय ३४ एम्पुल र फेनारगन ७ सय ८ एम्पुल फेला पारी लक्कीचन्दलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय हर्षसिंह ठकुरी र २२ वर्षीय तुला नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

रूकुम पुर्व, भुमे गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्रामसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय साहस पुन र २५ वर्षीय सुन्दर रोका रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूकुम पुर्वबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १०, मंगलवार ०६:५८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP