• २०८३ असार ३२ | Thu, 16 Jul 2026

कस्ताे रहला आजकाे माैसम ?, यस्ताे छ पूर्वानुमान

कस्ताे रहला आजकाे माैसम ?, यस्ताे छ पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ। बाँकी भागमा आंशिक बादल लागेको छ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्नेछ । तराई भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानका साथै कोशी प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ११, बुधबार ००:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP