• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

आज ४६ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

आज ४६ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौँ । आज ४६ औँ विश्व पर्यटन दिवस मनाइँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेका छन्। पर्यटन र दिगो रूपान्तरण भन्ने नाराका साथ यस बर्षको विश्व पर्यटन दिवस मनाइँदैछ।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) ले यस दिनलाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ। विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउँछन् । विश्व पर्यटन दिवसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र यस क्षेत्रमा माहोल सिर्जना गर्न मद्दत पुग्ने व्यवसायीले बताएका छन्।

पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को आठ महिनामा ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल आएका छन्।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ११, शनिबार ०८:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP