• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसले गर्दा कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ।

आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन १२, मंगलवार ००:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP