• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रतिनिधिसभा बैठक आजः यस्ताे छ कार्यसूची

प्रतिनिधिसभा बैठक आजः यस्ताे छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नेछन् । त्यसअघि सोही विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव दिनमा गर्ने सम्भावित कार्यसूची छ ।

सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र २५, बुधबार ००:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP