• २०८३ असार ३१ | Wed, 15 Jul 2026

नयाँ वर्षकाे दिन ३ हजार १०० ले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नयाँ वर्षकाे दिन ३ हजार १०० ले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य बढेको छ । आज प्रतितोला ३ हजार १०० ले मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९९ हजार ८०० कायम भएको छ ।

याे हप्ता आइतबार २०० ले मूल्य बढेको थियाे । साेमबार ४०० ले घट्याे ।

गत हप्ता आइतबार मूल्य स्थिर रहेकाे थियाे । साेमबार प्रतितोला २ हजार ६०० ले मूल्य घट्याे भने मंगलबार ४०० ले मूल्य बढेको थियाे । बुधबार प्रतितोला ७ हजार २०० ले मूल्य बढेको थियाे । बिहीबार ४ हजार ३०० ले मूल्य घटेको थियाे भने शुक्रबार २ हजार २०० ले मूल्य बढेको थियाे ।

यता आज चाँदीकाे मूल्य पनि बढेको छ । आज १६५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार ६५ रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १, मंगलवार ११:२४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP