काठमाडौँ । नेपाली बजारमा साेमबार सुनकाे मूल्य बढेको छ । आज प्रतितोला १ हजार ३०० ले मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य ३ लाख ५०० कायम भएको छ । आइतबार २ हजार ७०० ले मूल्य बढेको थियाे ।
गत हप्ता आइतबार १ हजार २०० ले मूल्य बढेको थियाे । यस्तै साेमबार १ हजार ३०० ले मूल्य घट्याे भने मंगलबार १ हजार ६०० ले मूल्य बढेको थियाे । बुधबार पनि ८०० ले घटेको थियो । बिहीबार १ हजार ८०० ले मूल्य घटेको थियाे भने शुक्रबार २ हजार २०० ले मूल्य घट्याे ।
यता आज चाँदीकाे मूल्य पनि बढेको छ । आज ५० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार ४५ रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया