सिन्धुपाल्चाेक । त्रिशक्ती युवा क्लव, मेलम्ची–९ द्वारा आयोजित मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची-७ दुवाचौरको योङ स्टार युवा क्लबले जितेको छ । रोमाञ्चक फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै योङ स्टार युवा क्लबले प्रतिद्वन्द्वी टोली दुवाचौर सामुदायिक युवा क्लवलाई २५˗२१ २५˗२० र २५ ˗१७ काे सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
प्रतियोगितामा दुवाचौरकै दबदबा देखिएको छ । दुवाचौर सामुदायिक युवा क्लबले दोस्रो स्थान हासिल गर्दा दुवाचौरकै श्रृजनशील युवा क्लबले तेस्रो स्थान हात पारेको छ । उनीहरुले क्रमशः १ लाख, ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यससँगै शीर्ष तीनै स्थान मेलम्ची–७ दुवाचौरका टोलीहरूले कब्जा गर्दै कुल १ लाख ७५ हजार रुपैयाँ पुरस्कार राशि वडामा भित्र्याएका छन् ।
यो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने सबै टोली एउटै वडाबाट हुनु विशेष उपलब्धि मानिएको छ । साथै, यसपटकका मुख्य सबै पुरस्कारहरू दुवाचौरमै सीमित भएका छन् ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा त्रिशक्ती युवा क्लबको आयोजनामा जनता माबिको प्राङ्गढमा भएको प्रतियोगिताले स्थानीय खेलकुद विकास, युवाहरूबीच एकता तथा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङले बैशाख १८ गते उद्घाटन गर्नुभएको समापन खेलमा उपप्रमुख उमा प्रधान, वडाअध्यक्ष किरणदीप खड्का लगायतको सहभागिता थियो ।
प्रतिक्रिया