• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

इन्द्रावतीमा वालुवा झिकेको खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

इन्द्रावतीमा वालुवा झिकेको खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

मण्डनदेउपुर । काभ्रे र सिन्धुपाल्चोकको सीमाना इन्द्रावती नदीमा अवैधरुपमा वालुवा निकालिएको खाडलमा जमेको पानीमा डुबेर आइतबार एक बालकको ज्यान गएको छ ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडानम्बर-१० हल्देका भीमबहादुर तामाङका १५ वर्षिय छोरा सञ्जय तामाङको आइतबार डुबेर ज्यान गएको हो ।

उनको सिन्धुपाल्चोक जिल्लाको भागपटि चौतारा साँगाचोकगढी नगरपालिकाको इन्द्रावती नदी किनारामा वालुवा निकालिएको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको स्थानीय उत्तर लामाले जानकारी दिनुभयो ।

विगत केही वर्षयता इन्द्रावतीमा वालुवा र ढुंगा उत्खनन् उच्चरुपमा बढेको छ । अहिले बगरैभरि यस्ता सयौं खाडलहरु छन् । वालुवा र ढुंगा झिक्ने तर ती खाडल नपुर्ने गरेका कारण बेलाबेलामा यस्ता दुर्घटनाहरु भइरहेका छन् ।

यसतर्फ स्थानीय तहहरुले प्रभावकारीरुपमा काम गर्न नसकेको स्थानीयहरुको आरोप छ । आइतबारको घटनापछि मृत्यु भएका बालकका आफन्तले त्यसरी बगरमा खाडल बनाएर छोड्नेलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् । मृतककाे शव पाेष्टमार्टमका लागि सिन्धुपाल्चाेककाे चाैतारा लगिएकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २७, आईतवार २१:२८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP