• २०८३ असार ३१ | Wed, 15 Jul 2026

परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जना पक्राउ

परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न दुई जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्र सँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-१ रानीबन बस्ने गोरखा भीमसेन थापा गाउँपालिका-५ घर भएका २९ वर्षीय सन्तोष बन्जारा र नागार्जुन नगरपालिका-१ वनस्थली बस्ने गोरखा गण्डकी गाउँपालिका-३ घर भएका २० वर्षीय अश्विन अधिकारी रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरू हुनुभन्दा केही समय अगावै बाहिरिएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं रत्नपार्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ
पर्सा, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा बारा कलैया उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय प्रेमकुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१२ दिलबन्धु पेट्रोलपम्पस्थित पार्किङ गरी राखेको म.प्र.०३-०३३ प ८५१७ नम्बरको मोटरसाइकल मंगलबार साँझ चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
झापा, आफ्नै श्रीमती ३३ वर्षीया उर्मिला भण्डारीको हत्या गरेको अभियोगमा हल्दीबारी गाउँपालिका-५ कन्चनश्री बस्ने ४४ वर्षीय गोकर्ण भण्डारीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । गोकर्णले धारिलो हतियार बाम्पोक प्रहार गरी उर्मिलाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कन्चनश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बाँके, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । खानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ छमनिया गाउँ बस्ने २२ वर्षीय फुलसिंह थारूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका-५ बनकटुवा चोकबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ६, बुधबार १८:४४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP