• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

पाँचखालमा आजदेखि कृषि हाटबजार सञ्चालनमा, हप्तामा २ दिन लाग्ने

पाँचखालमा आजदेखि कृषि हाटबजार सञ्चालनमा, हप्तामा २ दिन लाग्ने

पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकाले पनि आजदेखि कृषि हाटबजार सञ्चालनमा ल्याएकाे छ । हरेक शुक्रबार र शनिबार लाग्ने गरि हाटबजार सञ्चालनमा ल्याइएकाे हाे ।

पाँचखाल नगरपालिकाको आयोजना, कृषि बजार सञ्चालक तथा व्यवस्थापन समिति पाँचखालको सहआयोजना र पाँचखाल नगरपालिका वडानम्बर ४ को समन्वयमा हाटबजार सञ्चालनमा आएकाे हाे ।

वडानम्बर ४ का वडाध्यक्ष सुन्दर लामाले दिनुभएको जानकारी अनुसार कृषि उपज संकलन तथा बजार केन्द्र रहेको बोहोरेदोभान जाने बाटोमा बजार सञ्चालनमा ल्याइएकाे छ ।

कृषि हाटबजारमा किसानले आफ्ना उत्पादनहरु सोझै उपभोक्तालाई बेच्न सक्नेछन् । यसबाट विचौलियाको समस्या नहुने र उपभोक्ताले पनि सस्तोमा तरकारी लगायत कृषि उत्पादन खरिद गर्न पाउने उहाँको भनाई छ ।

यसअघि काभ्रेकै बनेपामा विगत २ वर्षदेखि हरेक शुक्रबार हाटबजार सञ्चालनमा छ भने मण्डनदेउपुरको नगरकोटमा पनि यस्तो बजार सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकाले पनि धुलिखेल अस्पताल परिसरमा यस्ताे बजार सञ्चालन गरिरहेकाे भए पनि पाँचखालमा भने पहिलो पटक हाटबजार सञ्चालनमा आएकाे हाे । यसबाट स्थानीय किसानहरु उत्साहित भएका छन् ।

शुक्रबार पहिलाे दिनमै किसान र उपभाेक्ताहरूकाे उत्साहजनक सहभागिता रहेकाे पाँचखाल नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष सुन्दर लामाले जानकारी दिनुभयाे ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ८, शुक्रबार २०:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP