काठमाडौँ । नेपाली बजारमा आइतबार सुनकाे मूल्य घटेकाे छ । आज प्रतितोला २ हजार ८०० ले मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९० हजार ९०० कायम भएको छ ।
गत हप्ता आइतबार ४ हजार ५०० ले मूल्य घटेको थियाे । साेमबार प्रतितोला ८०० ले मूल्य बढेको थियाे भने मंगलबार ५०० ले मूल्य बढ्याे । बुधबार ३ हजार ३०० ले मूल्य घट्याे । बिहीबार प्रतितोला १ हजार ८०० ले मूल्य बढेको थियाे । शुक्रबार प्रतितोला १०० ले मूल्य घटेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि घटेको छ । १०५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ५ हजार १० रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया