• २०८३ असार ३२ | Thu, 16 Jul 2026

आजकाे माैसमः पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम

आजकाे माैसमः पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका केही भागमा आज तातो दिन हुँदा केही स्थानमा पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । तराईमा आंशिक बादल लाग्नेछ ।

हिमाली र पहाडी भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना छ ।

विभागले राति देशको हिमाली भागमा साधारणतया बादल लाग्ने जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मुख्यतया माैसम सफा रहनेछ ।

कोशी प्रदेशको हिमाली र पहाडी भागलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागका एक,दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ २०, बुधबार ०६:०७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP