बनेपा । बनेपामा मुख्य कार्यालय रहेकाे शब्दयात्रा प्रकाशनले साहित्यकार बलदेब थापाकाे महाकाव्य काग-काेइली महाकाव्य र हरि मञ्जुश्रीको लेखन र सङ्गीतमा वसन्त कुइकेलले गाउनुभएको ‘विष्णुप्रार्थना— कोही नरोउन्’ गानलाई अतिथिका रूपबाट रत्न पुस्तकालयका अध्यक्ष शशीविक्रम राणाले सार्वजनिक गर्नुभयो ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा जेठ २३ गते शनिबार आयोजित कार्यक्रममा उक्त पुस्तक र गान सार्वजनिक गरिएको हो । उक्त गानको म्युजिक भिडिओ हरि मञ्जुश्री या वसन्त कुइकेल टाइप गरी अक्षरधाम युट्युब च्यानलबाट सुन्न सकिन्छ । मच्छेश्वर सापकोटाको सुपरिवेक्षण र बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन रहेको उक्त गानको म्युजिक भिडिओको सम्पादन सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको हो ।
यसैगरि साेही कार्यक्रमकाे सन्दर्भ पारेर विभिन्न व्यक्तित्वहरू सम्मानित हुनु भएकाे छ । जसमा होम-तोत्र शिक्षा सम्मानबाट प्रा.डा. प्रेमनारायण अर्याल (चितवन), रामकृष्ण श्रेष्ठ विज्ञान-प्रविधि सम्मानबाट प्रा. डा. गजेन्द्र शर्मा (स्याङ्जा), कालु वैद्य आयुर्वेद सम्मानबाट डा. मायादेवी गौतम (काठमाडौँ) र हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानबाट इन्दिरा दली (ललितपुर) सम्मानित हुनु भएकाे छ ।
यसैगरि अङ्गुरबाबा जोशी शिक्षक सम्मानबाट डा. सरस्वती आचार्य (रसुवा), बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मानबाट आर.सी. रिजाल (मकवानपुर), कल्याण लम्साल सिर्जना सम्मानबाट हरि कोर्काली (भोजपुर) र नन्दिकेश्वर अधिकारी शोध सम्मानबाट नगेन्द्रराज रेग्मी (खोटाङ) सम्मानित हुनु भएकाे छ ।
दुई थुँगा फूलमाथि टिप्पणी
शब्दयात्रा प्रकाशनकै सभाहलमा आयाेजित अर्काे कार्यक्रममा डा. सत्यमाेहन जाेशीद्वारा लिखित डा. इन्दुल केसीका विषयकाे कविता ‘दुई थुँगा फूल’ माथि टिप्पणी गरिएकाे छ । एउटा कविता ३० भाषामा अनुवाद गरिएकाे ‘दुई थुँगा फूल’ माथि पत्रकार ज्ञानमणि नेपाल कालाेटाेपी, पदम दाहाल, रत्नकुमार श्रेष्ठ, प्रा डा साबित्री श्रेष्ठ, कालिका त्रिपाठी पन्त र लाेकेन्द्र ढकालले टिप्पणी गर्नुभएकाे थियाे । पुस्तकका सम्पादक राेशन मञ्जुश्रीले पुस्तकका बारेमा बाेल्नुभएकाे थियाे भने पत्रकार प्रदीप केसी बञ्जाराले पनि पुस्तकका बारेमा बाेल्नुभएकाे थियाे । कार्यक्रम साहित्यकार हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएकाे थियाे भने पुस्तकका बारेमा टिप्पणी गर्नेहरूलाई डा. इन्दुल केसीले धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।
प्रतिक्रिया