• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

२०८३ असार ९ गते मंगलबार, यस्तो छ आजको राशिफल

२०८३ असार ९ गते मंगलबार, यस्तो छ आजको राशिफल

बनेपा । २०८३ असार ९ गते मंगलबार, तदनुसार २३ जुन २०२६ । यस्तो छ आजको राशिफलः
मेष : दिन धेरै शुभ छ । शत्रु विजय, खेलकुद, परीक्षा, मुद्दामामिला आदिमा सफलता होला ।
वृष : दिन उत्तम फलदायक छ । धन प्राप्ति, कार्य सिद्धि, सन्तान–सुख, विविध लाभ हुने देखिन्छ ।

मिथुन : दिन अनुकूल देखिँदैन । दिनचर्या अस्तव्यस्त, अपच, दौडधूप, विवाद, चिन्ता हुन सक्छ ।
कर्कट : समय उत्तम छ । मान–सम्मान, उन्नति–प्रगति, पैसा प्राप्ति हुने सम्भावना छ ।
सिंह : समय अनुकूल भएकाले प्रसन्नता, सुख–सन्तोष, धन लाभ, उपलब्धिमूलक लगानी हुनेछ ।

कन्या : दिन धेरै राम्रो छ । कोसेली, पुरस्कार, धन प्राप्ति, कार्य सफल, मीठो भोजन हुन सक्छ ।
तुला : समय अनुकूल नभएकाले चोटपटक, अस्वस्थता, इष्टमित्रसँग विवाद नहोला भन्न सकिन्न ।

वृश्चिक : समय बलवान् भएकाले कुनै वस्तु वा सेवा, मीठो भोजन, पैसा प्राप्तिको सम्भावना छ ।
धनु : प्रयास गर्नुस् । कार्य सिद्धि, निरोगिता, सुख–सन्तोष, दिमाग स्वच्छ हुने समय आएको छ ।
मकर : दिन शुभ छ । राजनीति एवम् व्यापारमा सफलता, ऐश्वर्य वृद्धि, काममा सफलता होला ।

कुम्भ : बिरामी, काममा बाधा, कष्ट हुने सम्भावना भएकाले अलि सजगता अपनाउनुहोला ।
मीन : समय शुभ भएकाले धन प्राप्ति, समस्या समाधान, पढाइ–लेखाइमा सफलता हुने देखिन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ९, मंगलवार ०६:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP