नमोबुद्ध। प्रयोग भइसकेको पानीलाई प्राकृतिक तथा वातावरणमैत्री विधिबाट शुद्धीकरण गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको लगुना वाटर ट्रिटमेन्ट परियोजना जनक माविमा सफलतापूर्वक सम्पन्न भएको छ।
यस परियोजनालाई सफल बनाउन नेपालका लागि इजरायली राजदूत महामहिम Shmulik Arie Bass, नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामा, University of Maryland का प्रो. डा. एमी सापकोटा तथा विश्वविद्यालय परिवार, Global Future Alliance परिवार, Kathmandu University का प्रो. डा. विमप्रसाद श्रेष्ठ, Arava Institute for Environmental Studies का डा. क्लाइभ लिप्चिन तथा वडा नं. ४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की लगायतले महत्वपूर्ण योगदान पुर्याएका छन्।
परियोजनाको अवधारणा विकासदेखि कार्यान्वयनसम्म निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुहुने संस्कृति फार्म्स एन्ड रिसर्च सेन्टर का सञ्चालक श्रीकृष्ण धिताल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर दाहाल तथा विद्यालय संयोजक हरिहर अधिकारीप्रति पनि विशेष आभार व्यक्त गरिएको छ।
साथै, परियोजनाको सफल कार्यान्वयन तथा सञ्चालनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति, सहयोगी संस्था तथा शुभेच्छुकहरूप्रति विद्यालयले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
लगुना वाटर ट्रिटमेन्ट प्लान्ट प्रयोग भइसकेको पानीलाई प्राकृतिक प्रक्रियामार्फत शुद्धीकरण गरी पुनः प्रयोगमा ल्याउने दिगो तथा नवप्रवर्तनशील प्रणाली हो। यसले पानीको संरक्षण, हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन कायम गर्न तथा विद्यार्थी र समुदायमा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया