काठमाडाैं । २०८३ असार २१ गते आइतबार, तदनुसार ५ जुलाइ २०२६ । यस्तो छ आजको राशिफलः
मेष
खर्च बढ्न सक्छ, बजेटमा ध्यान दिनुहोस् । कार्य अवसर आउनेछ । यात्रा सामान्य रहनेछ । स्वास्थ्य र स्फुर्ति सन्तोषजनक रहनेछ ।
वृष
आर्थिक लाभको सम्भावना बढ्नेछ । नयाँ अवसर भेटिनेछ । छोटो यात्रा फलदायी हुनेछ । उत्साह, स्फुर्ति र आत्मविश्वास उच्च रहने छ ।
मिथुन
आर्थिक निर्णय सोचेर गर्नुहोस् । कार्यक्षेत्रमा अवसर बढ्नेछ । बढेको आत्मबलले सफलता दिलाउनेछ । स्फुर्ति महसुस होला ।
कर्कट
आय बढ्ने संकेत छ । नयाँ योजना सफल बन्नेछ । यात्राबाट लाभ मिल्न सक्छ । मन प्रसन्न रहनेछ ।
सिंह
लाभदायक खबर प्राप्त हुनेछ । नयाँ जिम्मेवारी स्वीकार्ने अवसर मिल्नेछ । यात्रा सुखद रहनेछ । जोश, जाँगर र आत्मविश्वास बढ्नेछ ।
कन्या
अनावश्यक खर्चबाट बच्नुपर्ने बेला छ । व्यापारमा लाभको संकेत छ । छोटो यात्रा उपयोगी हुनेछ । कार्यक्षमता राम्रो रहनेछ ।
तुला
आय–व्यय सन्तुलित राख्नुपर्ने समय छ । करिअर अघि बढाउने उचित अवसर मिल्नेछ । यात्रा सफल रहनेछ ।
वृश्चिक
आर्थिक पक्ष बलियो बन्नेछ । नयाँ साझेदारी लाभदायक हुनेछ । यात्राबाट अनुभव बढ्नेछ । मन उत्साहित, ऊर्जा प्रशस्त रहनेछ ।
धनु
धनलाभको सम्भावना छ । अध्ययन र व्यवसायमा अवसर बढ्नेछ । धार्मिक यात्रा हुन सक्छ । उत्साह र आत्मबल उच्च रहनेछ ।
मकर
लगानीमा सावधानी अपनाउनुहोस् । नयाँ अवसरले प्रगति दिलाउनेछ । यात्रा शुभ रहनेछ । स्फुर्ति र आत्मविश्वास कायम रहनेछ ।
कुम्भ
खर्च नियन्त्रण आवश्यक छ । नयाँ कामको अवसर प्राप्त हुनेछ । यात्रा लाभदायी बन्नेछ । स्वास्थ्य र स्फुर्ति अनुकूल रहनेछ ।
मीन
आर्थिक उन्नतिको संकेत छ । मित्रबाट अवसर मिल्नेछ । छोटो यात्रा सफल हुनेछ । ऊर्जा, स्फुर्ति र रचनात्मकता बढ्नेछ ।
प्रतिक्रिया