• २०८३ असार ३० | Tue, 14 Jul 2026

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै २६ लाख ठगी, पाँच जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै २६ लाख ठगी, पाँच जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने लमजुङ घर भएका ४५ वर्षीय पूर्णबहादुर दुरा, काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा घर भएकी ४२ वर्षीया कमला खत्री, ललितपुर महालक्ष्मी नगरपालिका-१३ बस्ने सुर्खेत घर भएकी २४ वर्षीया सरस्वती गिरी रहेका छन् ।

यस्तै भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने दोलखा घर भएका २७ वर्षीय रामकुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका-२६ बस्ने बागलुङ घर भएका ३७ वर्षीय अमरसिंह घर्तीलाई पनि प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ मध्ये पूर्ण बहादुरले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ, कमलाले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४५ हजार रूपैयाँ, सरस्वतीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, राम कुमारले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अमर सिंहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-२८ बाट, कमलालाई काठमाडौं महानगरपालिका-३२ बाट सरस्वतीलाई महालक्ष्मी नगरपालिका-१३ बाट सोमबार पक्राउ गरेकाे थियाे ।

यस्तै रामकुमारलाई काठमाडौं महानगरपालिका-२२ बाट र अमर सिंहलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ असार २४, बुधबार १७:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP