• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आजकाे माैसमः देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै

आजकाे माैसमः देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। यतिबेला तराईका धेरै स्थानहरूमा बाक्लाे हुस्सु लागेको छ। पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १५, मंगलवार ०१:१६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP