काभ्रे । काभ्रे वितरण केन्द्रले मर्मत कार्यका कारण आइतबार (साउन ३ गते) जिल्लाका विभिन्न क्षेत्रमा निर्धारित समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
वितरण केन्द्रका अनुसार बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म पनौती, खोपासी र २८ किलो फिडर अन्तर्गत पर्ने २८ किलो बुद्धपार्क नजिकको विद्युत् पोल जोखिमपूर्ण भएकाले मर्मत कार्य गरिनेछ । यस अवधिमा २८ किलो, चौकोट खड्पु, ढलमले, पनौती बजार, रोशी, कुशादेवी, पस्थली, दाप्चा तथा रोशी गाउँपालिका–१, २ र ३ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
त्यसैगरी, दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सरस्वती बजार क्षेत्रमा मर्मत कार्य गरिने भएकाले धुलिखेल र भकुण्डे फिडर अन्तर्गत विद्युत् सेवा प्रभावित हुने जनाइएको छ ।
मर्मत कार्यका कारण सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै काभ्रे वितरण केन्द्रले निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् आपूर्ति तत्काल सञ्चालन गरिने पनि जनाएको छ ।
प्रतिक्रिया