• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

कफी खेती प्रवर्द्धनबारे कृषि विकास कार्यालय, धुलिखेल र काभ्रेका तीन पालिकाबीच छलफल

कफी खेती प्रवर्द्धनबारे कृषि विकास कार्यालय, धुलिखेल र काभ्रेका तीन पालिकाबीच छलफल

धुलिखेल । समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रम अन्तर्गत कफी खेती सञ्चालन भइरहेका काभ्रेपलाञ्चोकका खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका र भुम्लु गाउँपालिकाका अध्यक्षहरूसँग कृषि विकास कार्यालय, धुलिखेलले छलफल गरेकाे छ ।

कफी खेतीको प्रवर्द्धन, बजारीकरण तथा उत्पादन व्यवस्थापनका विषयमा उहाँहरूसँग महत्वपूर्ण छलफल सम्पन्न भएको कार्यालयले जनाएकाे छ।

छलफलमा कफीको प्रभावकारी बजारीकरण, उत्पादनको विविधीकरण तथा कफीमा देखिने सिंदुरे र गभारो किराको व्यवस्थापनका विषयमा स्थानीय तह र जिल्ला कृषि विकास कार्यालयबीच आवश्यक समन्वय गर्ने विषयमा सहमति भएको थियो ।

कार्यक्रममा महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल तथा कृषि विकास कार्यालय, धुलिखेलका प्रमुख कुलप्रसाद दवाडी लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्षहरूले आफ्ना पालिकामा कफी खेतीको वर्तमान अवस्था, किसानले भोगिरहेका चुनौती, उत्पादन वृद्धि, प्रशोधन, बजार विस्तार तथा आवश्यक प्राविधिक सहयोगका विषयमा धारणा राख्नु भएकाे थियाे ।

खानीखोला, महाभारत र भुम्लु गाउँपालिकालाई काभ्रेपलाञ्चोकका प्रमुख कफी उत्पादन क्षेत्रका रूपमा लिइन्छ । यी क्षेत्रमा वार्षिकरूपमा करोडौं रुपैयाँ बराबरको कफी उत्पादन हुँदै आएको छ । कफी खेतीले स्थानीय किसानको आयआर्जन बढाउँदै आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । सरोकारवाला निकायबीचको यस्तो समन्वयले कफी क्षेत्रको दिगो विकास, उत्पादन वृद्धि र बजार विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ६, बुधबार १६:५४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP