काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज प्रतितोला ३०० रूपैंयाँले मूल्य बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९१ हजार ३०० रूपैंयाँ कायम भएको छ ।
याे हप्ता आइतबार १ हजार ९०० रूपैंयाँले मूल्य बढेको थियाे । साेमबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने मंगलबार एक हजार रूपैंयाँले मूल्य बढ्याे । बुधबार भने एकैदिन ५ हजार ४०० रूपैंयाँले मूल्य बढेको थियाे ।
यस्तै गत हप्ता आइतबार ६०० रूपैंयाँले मूल्य बढेको थियाे भने साेमबार २ हजार ८०० रूपैंयाँले मूल्य घट्याे । यस्तै मंगलबार १ हजार २०० ले मूल्य घटेकाे थियाे ।
यस्तै बुधबार ८०० रूपैंयाँले मूल्य बढेको थियाे भने बिहीबार ४०० रूपैंयाँले मूल्य बढेको थियाे । शुक्रबार ३ हजार १०० रूपैंयाँले मूल्य घटेको थियाे ।
यता आज चाँदीकाे मूल्य पनि बढेकाे छ । २५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ४ हजार ५०५ रुपैंयाँ कायम भएको छ ।
गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।
प्रतिक्रिया