• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

२०८३ साउन १९ गते मंगलबार, यस्तो छ आजको राशिफल

२०८३ साउन १९ गते मंगलबार, यस्तो छ आजको राशिफल

काठमाडौँ । २०८३ साउन १९ गते मंगलबार, तदनुसार ४ अगस्ट २०२६ । यस्ताे छ आजकाे राशिफलः
काठमाडौँ ।
मेष
आफ्ना प्रिय व्यक्तिसँग बिताएका केही पलले दिनलाई अझ सुन्दर बनाउनेछन् । स्वास्थ्यमा भने अलिकति ध्यान पुर्याउनु राम्रो हुनेछ । मनभित्रको उत्साह फेरि जाग्नेछ ।
वृष
सानो अवसरलाई पनि हल्का रूपमा नलिनुहोस्, काम मन लगाएर पूरा गर्नु राम्रो हुनेछ । आर्थिक कारोबार गर्दा भने सावधानी अपनाउनुहोला । मनमा राखेका योजना बिस्तारै सही दिशातर्फ अघि बढ्नेछन् ।
मिथुन
आफ्नो समय सही ठाउँमा खर्च गर्दा दिन अझ फलदायी बन्नेछ । साथीभाइको सहयोगले रोकिएका काम बन्नेछन् । घरमा खुसी बाँड्ने कुनै कुरा हुन सक्छ ।

कर्कट
सिकेको कुरा व्यवहारमा उतार्दा त्यसको लाभ चाँडै देखिन थाल्नेछ । छोटो दूरीको यात्रा योग रहेको छ, जसले मनलाई आनन्दित तुल्याउनेछ । नयाँ चिनजानले राम्रो प्रभाव छोड्न सक्छ ।
सिंह
आफूले दिएको वचन निभाउँदा सम्मान बढ्नेछ । अध्ययन तथा सिकाइमा रुचि बढ्ने दिन छ । आफन्तसँगको आत्मीय कुराकानीले मन हलुका बनाउनेछ ।
कन्या

कसैले गरेको विश्वासको कदर गर्नुभयो भने सम्बन्ध अझ बलियो बन्नेछ । व्यापार व्यवसायमा लागेकाहरूलाई सोचेभन्दा राम्रो फाइदा मिल्नेछ । रोकिएको कामले फेरि गति समाउनेछ ।
तुला
वरिपरिको वातावरण मिलाउँदा मनमा पनि ताजापन आउनेछ । खानपानमा ध्यान नदिँदा सामान्य स्वास्थ्य समस्या आउन सक्छ । मन लागेको काममा ध्यान केन्द्रित गर्न सक्नुहुनेछ ।
वृश्चिक
सानो खुसीले दिनभरि अनुहारमा मुस्कान राख्नेछ । कामको चाप बढ्न सक्ने भएकाले समयको व्यवस्थापनमा ध्यान दिनुहोला । मीठो बोलीले टाढिएका सम्बन्ध पनि नजिक ल्याउन सक्छ ।

धनु
परिवारसँग बिताएको समयले मनमा शान्ति थप्नेछ । अपिरिचित व्यक्तिलाई छिटै विश्वास गरिहाल्नु उचित हुँदैन । धैर्यका साथ अघि बढ्दा अल्झिएका कुरा आफैं मिल्न थाल्नेछन् ।
मकर
मनले चाहेको काममा समय दिँदा आत्मसन्तुष्टि मिल्नेछ । सामाजिक काममा सहभागी हुँदा तपाईंको प्रशंसा हुनेछ । फरक अनुभवले नयाँ सोच जन्माउनेछ ।

कुम्भ
लामो समयदेखि थन्किएको काम सकिँदा मन ढुक्क हुनेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्न सक्ने सम्भावना छ । आफ्नो लगनले राम्रो परिणाम दिन थाल्नेछ ।
मीन
आफूले थालेको काम पूरा भएपछि नयाँ ऊर्जा महसुस हुनेछ । मान्यजनको आशीर्वाद र सुझावलाई शिरोधार्य गर्दा सफलता नजिकिनेछ । सिर्जनशील सोचले नयाँ बाटो देखाउनेछ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १९, मंगलवार ०७:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP