• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

भारत सरकारको सहयोगमा जनक माविमा दुई विद्यालय भवन निर्माण सुरु, शिलान्यास सम्पन्न

भारत सरकारको सहयोगमा जनक माविमा दुई विद्यालय भवन निर्माण सुरु, शिलान्यास सम्पन्न

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–स्थित जनक माध्यमिक विद्यालयमा भारत सरकारको आर्थिक सहयोग तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (CLPIU) को समन्वयमा निर्माण हुन लागेका दुईवटा विद्यालय भवनहरूको शिलान्यास कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले निर्माण हुन लागेका भवनहरूको शिलान्यास कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामा, नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंह, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (CLPIU) का प्रमुख लक्ष्मीप्रसाद भट्टराई, वरिष्ठ इन्जिनियर अशोक अधिकारी, नगर उपप्रमुख रत्नबहादुर लामा तथा अन्य जनप्रतिनिधि, सरोकारवाला र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले नयाँ भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधार थप सुदृढ हुने, विद्यार्थीहरूले सुरक्षित, आधुनिक तथा गुणस्तरीय सिकाइ वातावरण प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले शिक्षा क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय सहयोगले स्थानीय विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा पनि राखेका थिए ।

विद्यालय परिवारले यस महत्त्वपूर्ण परियोजनाका लागि भारत सरकार, नेपालस्थित भारतीय दूतावास, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (CLPIU) तथा परियोजना सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै व्यक्ति तथा निकायप्रति हार्दिक आभार व्यक्त गरेको छ । विद्यालयका अनुसार निर्माण सम्पन्न भएपछि नयाँ भवनहरूले शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कक्षा १२ उत्तीर्ण विद्यार्थी सम्मानित, कक्षा ११ का १३० विद्यार्थीलाई जनक माविमा स्वागत
यसैबीच जनक माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा सफल भएका विद्यार्थीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । विद्यालयले सफल विद्यार्थीहरूको मिहेनत, लगनशीलता र उत्कृष्ट उपलब्धिको कदर गर्दै सम्मान गरेको हो । यस अवसरमा विद्यालय परिवारले उनीहरूको आगामी शैक्षिक तथा व्यावसायिक यात्राको सफलताको कामना गर्दै उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ ।

त्यसै अवसरमा विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका १३० जना विद्यार्थीहरूलाई विद्यालय परिवारमा औपचारिक रूपमा स्वागत गरेको छ । विद्यालयले नयाँ विद्यार्थीहरूको आगमनले शैक्षिक वातावरणलाई अझ ऊर्जावान र समृद्ध बनाएको उल्लेख गर्दै उनीहरूको सिकाइ यात्रा ज्ञान, अनुशासन, सिर्जनशीलता र सफलताले भरिपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

विद्यालयले सफल विद्यार्थीहरू समाजका सक्षम नागरिक बन्ने आधार तयार गरिरहेको र नयाँ विद्यार्थीहरूले पनि भविष्यमा सफलता हासिल गर्दै विद्यालयको गौरव बढाउने अपेक्षा व्यक्त गरेको छ । कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान प्रदान गरिनुका साथै कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै सबैको उज्ज्वल भविष्यको कामना गरिएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १९, मंगलवार १९:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP