• २०८३ भाद्र १३ | Sat, 29 Aug 2026

शब्दयात्रा प्रकाशन ‘उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान’द्वारा सम्मानित

शब्दयात्रा प्रकाशन ‘उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान’द्वारा सम्मानित

काठमाडौं । शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ले काठमाडौंको टोखा नगरपालिकाको सभाकक्षमा आयोजना गरेको समारोहमा शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्थाका रूपमा सम्मान गरिएको हो ।

समारोहमा शब्दयात्रा प्रकाशनका तर्फबाट कार्यसम्पादन समितिका सदस्य तथा शब्दशिल्पी कालिका त्रिपाठी पन्तले कार्यक्रमका मुख्य अतिथि कृष्णहरि बाँस्कोटाको हातबाट सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।

साहित्यको विकास, प्रवर्द्धन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले सक्रिय शब्दयात्रा प्रकाशनलाई प्रदान गरिएको यस सम्मानले साहित्यिक क्षेत्रमा संस्थाले पुर्‍याउँदै आएको योगदानको कदर भएको प्रकाशनले जनाएको छ ।

सम्मान प्राप्त गरेपछि शब्दयात्रा प्रकाशन परिवारले ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ प्रदान गरेकोमा सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्रप्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै स्रष्टा र साहित्यको विकासमा थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १, सोमबार ०७:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP