• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

मनकामना सहकारीद्वारा व्यवसाय प्रवर्द्धन ऋण, व्यवसाय विस्तारमा वित्तीय सहजीकरण गर्ने उद्देश्य

मनकामना सहकारीद्वारा व्यवसाय प्रवर्द्धन ऋण, व्यवसाय विस्तारमा वित्तीय सहजीकरण गर्ने उद्देश्य

बनेपा, काभ्रे । श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लि., बनेपा–५ काभ्रेले सदस्यहरूको व्यवसाय विस्तार तथा नयाँ व्यवसाय सञ्चालनमा सहयोग पुर्‍याउने उद्देश्यले ‘व्यवसाय प्रवर्द्धन ऋण’ सुविधा अघि सारेको छ ।

सहकारीका अनुसार सञ्चालनमा रहेका व्यवसायलाई विस्तार गर्न, नयाँ व्यवसाय सुरु गर्न तथा व्यवसायको आम्दानी वृद्धि गर्न चाहने सदस्यहरूलाई लक्षित गरी उक्त ऋण सुविधा ल्याइएको हो । आर्थिक स्रोतको अभावका कारण व्यवसाय विस्तारको योजना प्रभावित हुन नदिन सहकारीले वित्तीय सहयात्रीका रूपमा सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ ।

सानो लगानीबाट व्यवसाय सुरु गरेका तथा आफ्नो व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न चाहने सदस्यहरूका लागि व्यवसाय प्रवर्द्धन ऋण उपयोगी हुने सहकारीको विश्वास छ । व्यवसायको आवश्यकता र सदस्यको योजनाअनुसार वित्तीय सहयोग उपलब्ध गराई व्यवसायिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहकारीले जोड दिएको जनाएको छ ।

‘सपना तपाईंको, साथ मनकामना सहकारीको’ भन्ने अवधारणासहित अघि बढेको सहकारीले सदस्यहरूको आर्थिक तथा व्यवसायिक प्रगतिलाई आफ्नो प्राथमिकतामा राखेको जनाएको छ । सहकारीले व्यवसाय प्रवर्द्धन ऋणसम्बन्धी थप जानकारी तथा ऋण सुविधाका लागि संस्थामा सम्पर्क गर्न सदस्यहरूलाई आग्रह गरेको छ ।

“सदस्यको समृद्धि नै हाम्रो प्रतिबद्धता” भन्ने मूल भावनाका साथ सहकारीले सदस्यहरूको आर्थिक उन्नति र व्यवसायिक विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ७, आईतवार १६:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP