• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

काभ्रे कांग्रेसले जुटायो ११ लाख, भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्ने

काभ्रे कांग्रेसले जुटायो ११ लाख, भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्ने

काभ्रेपलाञ्चोक / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्ने भएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ क्षेत्रमा ठूलो मानवीय एवं भौतिक क्षति गरेको छ ।

उक्त क्षेत्रमा राहत तथा उद्धारका लागि काभ्रे कांग्रेसले आज ११ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ । मानवीय सेवाका लागि संकलित उक्त रकम पार्टीको केन्द्रिय विपद् व्यवस्थापन कोषमार्फत सम्बन्धित निकायमा पठाइने नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले बताउनुभयो ।

सभापति लामाले विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिनु, मानवीय सहयोग जुटाउनु र राहत तथा उद्धारमा हातेमालो गर्नु हामी सबैको साझा दायित्व भन्नु भएको छ ।

बाढी प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले सोमबारसम्म आर्थिक सहयोग संकलन गर्ने बताएको छ । सरकारले बाढीले पुर्याएको जनधनको बिवरण संकलन र अभिलेखीकरण गरिरहेको छ । हालसम्म चार सय ६९ जनाको शव फेला परेकाे छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १२, शुक्रबार १३:२६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP