• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

श्री मनकामना सहकारीको ३१औँ वार्षिक साधारणसभा असोज २४ गते हुने

श्री मनकामना सहकारीको ३१औँ वार्षिक साधारणसभा असोज २४ गते हुने

बनेपा । श्री मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको २०८३ साल भदौ १३ गते बसेको बैठकको निर्णयअनुसार वार्षिक साधारणसभा २०८३ साल असोज २४ गते शनिबार बनेपास्थित पञ्चकन्या ब्याङ्क्वेट, पुलबजारमा आयोजना गरिने भएको हो । संस्थाले साधारणसभामा सम्पूर्ण योग्य शेयर सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरेको छ । सदस्यहरूको उपस्थिति दर्ता तथा नाम दर्ता भने असोज २२ र २३ गते बिहान ९ बजेदेखि साँझ ४ः३० बजेसम्म सम्बन्धित सेवा केन्द्रमा गरिने संस्थाले जनाएको छ । साधारणसभाको औपचारिक कार्यक्रम असोज २४ गते बिहान १० बजे सुरु हुनेछ भने शेयर सदस्यहरूको उपस्थिति पुस्तिका बिहान ८ बजेदेखि खुला रहनेछ ।

१३ विषयमा छलफल तथा निर्णय हुने
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को आर्थिक गतिविधिको समीक्षा गर्दै आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने तथा संस्थाको विनियम, आन्तरिक नीति र कार्यविधिमा आवश्यक संशोधन गरी पारित गर्ने विषय पनि साधारणसभाको कार्यसूचीमा राखिएको छ ।

सभामा शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोष वितरण, उपयुक्त सहकारी संस्थासँग एकीकरण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, साधारणसभाको निर्णय पुस्तिका प्रमाणीकरणका लागि शेयर सदस्यका तर्फबाट प्रतिनिधि छनोट गर्ने र सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने विषयमा समेत छलफल हुनेछ । यसैगरी संस्थाको नाममा आएका गैरवित्तीय सम्पत्ति बिक्री–वितरण गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा विविध विषयमा समेत छलफल हुने संस्थाले जनाएको छ।

विभिन्न विधामा सम्मान गरिने
साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरूलाई समेत सम्मान गर्ने भएको छ । संस्थाका उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट बाल बचतकर्तामध्ये एक–एक जनालाई सम्मान गरिनेछ । त्यसैगरी उत्कृष्ट सेवाकेन्द्र तथा वर्षको उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गरिनेछ । २०८२ सालको एसईई तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका एक–एक जना छात्र तथा छात्रालाई समेत सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

पाँच सेवा केन्द्रबाट उपस्थिति दर्ता
संस्थाका अनुसार शेयर सदस्यहरूले आफूलाई पायक पर्ने केन्द्रमा उपस्थित भई नाम दर्ता गर्न सक्नेछन् । केन्द्रीय कार्यालयसहित पनौती, कोटेश्वर, कौशलटार, बेथानचोक र पाँचखाल सेवा केन्द्रबाट उपस्थिति दर्ता गर्ने व्यवस्था गरिएको छ । केन्द्रीय कार्यालय बनेपा–५, घोकेचौरमा रहेको छ भने पनौती सेवा केन्द्र पनौती–६, स्थित पनौती बसपार्क क्षेत्रमा रहेको संस्थाले जनाएको छ । त्यस्तै कोटेश्वर सेवा केन्द्र काठमाडौंको कोटेश्वर महादेवस्थान जाने बाटोमा, कौशलटार सेवा केन्द्र मध्यपुर ठिमी–३ कौशलटार चोकमा, बेथानचोक सेवा केन्द्र बेथानचोक–२ ढुंखर्क चारदोबाटोमा र पाँचखाल सेवा केन्द्र पाँचखाल समाजकल्याण चोकमा रहेको छ ।

सदस्यका लागि विभिन्न व्यवस्था
संस्थाले साधारणसभामा सहभागी हुने सम्पूर्ण शेयर सदस्यका लागि रु. ५०० बराबरको खाजा तथा खानाको व्यवस्था गरिएको जनाएको छ । साधारणसभामा सहभागी हुन आउँदा सदस्यहरूले अनिवार्य रूपमा परिचयपत्र वा नागरिकता प्रमाणपत्र साथमा ल्याउनुपर्नेछ। साथै शेयर सदस्यहरूले मासिक नियमित बचतसमेत भुक्तानी गरेको हुनुपर्नेछ । संस्थाका अनुसार २०८३ साल असार मसान्तसम्म कायम रहेका शेयर सदस्यहरूलाई मात्र साधारणसभामा सहभागी गराइनेछ । रु. १०० मात्रको शेयर खरिद गरी संस्थामा नियमित बचत नगर्ने शेयर सदस्यलाई संस्थाको नियम तथा प्रचलित व्यवस्थाबमोजिम वार्षिक साधारणसभामा सहभागी नगराइने सूचनामा उल्लेख छ । शेयर सदस्यहरूले आफ्ना प्रस्ताव वा जिज्ञासा राख्न चाहेमा सम्बन्धित प्रस्ताव तथा जिज्ञासा तोकिएको मितिभित्र विधिवत रूपमा दर्ता गराउनुपर्ने संस्थाले जनाएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २२, सोमबार १३:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP