• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

बनेपामा ग्याँसको आपूर्ति सहज बनाउने बारे सरोकारवाला पक्षसँग नगरपालिकाकाे छलफल

बनेपामा ग्याँसको आपूर्ति सहज बनाउने बारे सरोकारवाला पक्षसँग नगरपालिकाकाे छलफल

बनेपा । बनेपा नगरपालिकाले हाल देखिएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै नगरभित्र ग्याँसको आपूर्ति सहज बनाउने निर्णय गरेको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भदौ २२ गते सम्बन्धित उद्योगी–व्यवसायी तथा सरोकारवाला पक्षसँग भएको छलफलले ग्याँस आपूर्ति व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गरेको हो ।

छलफलबाट नगरपालिकाभित्र हालको परिस्थितिलाई ध्यानमा राखी ग्याँस आपूर्तिमा आवश्यक सहजीकरण गर्ने निर्णय गरिएको छ । साथै, व्यवसायीहरूले बनेपा नगरपालिकाले उपलब्ध गराएको ढाँचामा अभिलेख राखी एक परिवारलाई एक ग्याँस सिलिण्डर उपलब्ध हुनेगरी ग्याँस वितरण गर्नुपर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, ग्याँस, खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको आपूर्ति व्यवस्थाका सम्बन्धमा बनेपा नगरपालिकाले नियमित अनुगमन गर्ने र आपूर्ति सहज बनाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ । हालको कठिन परिस्थितिमा ग्याँस आपूर्तिका क्रममा व्यवसायीहरूको ढुवानी भाडादर वृद्धि हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै त्यससम्बन्धमा बनेपा नगरपालिकाले सम्बन्धित निकायसँग आवश्यक पहल गरी आपूर्ति सहज बनाउन सहजीकरण गर्ने निर्णयसमेत गरिएको छ ।

नगरपालिकाले ग्याँस तथा दैनिक उपभोग्य सामग्रीको आपूर्ति व्यवस्थालाई व्यवस्थित, पारदर्शी र सहज बनाउन व्यवसायी तथा सरोकारवाला सबै पक्षलाई सहयोग गर्न आग्रह गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र २२, सोमबार १५:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP