• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु

सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता शुरु

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग तथा योङस्टार युवा क्लबद्वारा आयोजित सिन्धुपाल्चोक जिल्ला अन्तर पालिका स्तरिय खुल्ला भलिबल प्रतियोगिता- २०८२ शुरु भएको छ । मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङको प्रमुख आतिथ्यतामा प्रतियोगिता शुरु भएको हाे ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पासाङ तामाङले २८६२ औँ सोनाम ल्होसारको अवसरमा र अन्य चाड पर्वको अवसरमा यस्ता कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले ४ दिनसम्म चल्ने खेलमा अनुशासित भएर खेल सम्पन्न गर्न खेलाडी तथा खेल रेफ्रीहरुलाई निर्देशन दिनुभएको छ । सबै खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै जीत हासिल गर्न उहाँले शुभकामना पनि दिनुभयो ।

आज उद्घाटन खेल सुनकोशी गाउँपालिका र सिर्जनशील युवा क्लव मेलम्ची-७ बीच भयाे । जसमा २५-१८, २५-१३ ले विजेता हुँदै सिर्जनशीलले आफ्नो पहिलो जीत दर्ता गराएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, सुनकोशी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कुमार शाही, पूर्व गाविस अध्यक्ष अर्जुन गिरी लगायतको उपस्थिती रहेको थियो ।

चार दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने क्रमशः द्वितीय, तृतीय र सान्त्वना स्थान हुनेले नगद ५० हजार, ३० हजार, १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक एवम् योङस्टार युवा क्लवका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका १४ टिम सहभागी छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ ५, सोमबार ११:११
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP