काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दिएका उम्मेद्वारको नामावली आज प्रकाशन हुँदैछ ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका थियो ।
उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेद्वारी दिएका पाँच उम्मेद्वारविरुद्ध उजुरी परेको छ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आयोगका अनुसार पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३ हजार ४८६ को उम्मेद्वारी दर्ता भएको छ ।
प्रतिक्रिया