• २०८३ असार ३२ | Thu, 16 Jul 2026

श्रीमतीकाे हत्या गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ

श्रीमतीकाे हत्या गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ

ललितपुर । आफ्नै श्रीमती २३ वर्षीया कोपिला नेपालीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-७ देउराली डाँडा बस्ने २७ वर्षीय बिनोद तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले विवादका क्रममा कोपिलालाई चिरपट प्रहार गर्दा उनकाे घटनास्थलमै मृत्यु भएको भनि प्रहरी चौकी टिकाभैरवमा गई आफैँले जानकारी गराएपश्‍चात प्रहरीले बिनोदलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँकेकाे बैजनाथ गाउँपालिका-६ एच गाउँ बस्ने खजुरा गाउँपालिका-७ घर भएका ३० वर्षीय अंगतराम अहिरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अंगतरामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १६, शुक्रबार १२:५३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP