• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम सुरू

प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम सुरू

काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा आजबाट सुरू भएको छ ।

आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने प्रयोजनका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार निर्वाचन सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई अनुशिक्षण प्रदान गरिएको हो ।

पहिलो चरण अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, ब्यूरोहरू र नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म गरी जम्मा ४ हजार १ सय ४८ जनालाई चरणबद्धरूपमा १० दिनसम्म उक्त अनुशिक्षण प्रदान गरिने छ ।

यसैगरी सबै जिल्ला प्रहरी कार्यालयहरूमा गठित निर्वाचन सेलमार्फत चरणबद्धरूपमा निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम संचालन गरिने छ ।

अनुशिक्षण कार्यक्रममा निर्वाचन सुरक्षा, परिचय, निर्वाचनमा प्रहरीको भूमिका, सुरक्षा व्यवस्थापन, निर्वाचन सुरक्षा र प्रहरीले सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने भूमिका वा अवस्थाहरू, निर्वाचन कार्यमा सुरक्षा पुर्‍याउनु पर्ने क्षेत्रहरू, निर्वाचनमा आई पर्न सक्ने समस्याहरू प्रशिक्षण प्रदान गरिने छ ।

यस्तै विभिन्न व्यक्तिहरूले प्रहरीबाट पाउने सेवाको अपेक्षा तथा निर्वाचनमा प्रहरीको दायित्व, मतदान केन्द्रको निर्माण, मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरू, निर्वाचन आचारसंहिता, २०८२ अन्तर्गत सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण, निर्वाचन व्यवस्थापन सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७, प्रहरी ऐन, २०१२ तथा प्रहरी नियमावली,२०७१ मा भएका निर्वाचनसम्बन्धी (अपराध एवम् दण्ड सजायँसम्बन्धी व्यवस्था) लगायतका विषयवस्तुहरूमा प्रशिक्षण प्रदान गरिने छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २१, बुधबार १५:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP