• २०८३ भाद्र १७ | Wed, 02 Sep 2026

वैदेशिक रोजगारीका नाममा ४० लाख ठगी, काभ्रेकी कुमारी तामाङसहित पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ४० लाख ठगी, काभ्रेकी कुमारी तामाङसहित पाँच जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर धापाखेल बस्ने काठमाडौँ कीर्तिपुर नगरपालिका-२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका-२ घर भएकी ४३ वर्षीया कोपिला शर्मा रहेका छन् । यस्तै काठमाडौँ महानगरपालिका-२६ बस्ने धनकुटा, धनकुटा नगरपालिका-२ घर भएका ३१ वर्षीय सन्तोष राई र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने काभ्रे चौंरीदेउरीली नगरपालिका-९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।

पक्राउ मध्ये विना र विन्दाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, सन्तोषले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७० हजार रूपैयाँ र कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विना र विन्दालाई काठमाडौं महानगरपालिका-११ बाट तथा कुमारीलाई काठमाडौं महानगरपालिका-४ बाट आइतबार, कोपिलालाई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बाट र सन्तोषलाई काठमाडौं महानगरपालिका-२६ बाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २६, सोमबार ०९:४०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP