• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026

हेलम्बुमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ६८७ जनाले सेवा लिए

हेलम्बुमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ६८७ जनाले सेवा लिए

सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकाको आयोजना, कोरिया नेपाल मैत्री अस्पतालको विशेषज्ञ डाक्टरसहित टोलीकाे सहयोग र डुनामिस चर्च हेलम्बु-४ को समन्वयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६८७ जनाले सेवा लिएका छन् ।

फागुन ६ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा दाँतसम्बन्धी सेवा (दाँत निकाल्ने, भर्ने, गिजासम्बन्धी उपचार), सामान्य सर्जरी (मासुका डल्लाहरु निकाल्ने), पायल्स, फिस्टुला, हर्निया, हाइड्रोसिल, प्रोस्टेटसम्बन्धी चेकजाँच तथा उपचार गरिएकाे थियाे ।

यस्तै पेट र छातीसम्बन्धी चेकजाँच तथा भिडियो एक्सरे सेवा, महिलाहरुको पाठेघरसम्बन्धी चेकजाँच तथा भिडियो एक्स-रे सेवा, हाडजोर्नी तथा नशासम्बन्धी चेकजाँच तथा उपचार , बालरोगसम्बन्धी चेकजाँच तथा उपचार, निःशुल्क औषधी वितरण, विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि विशेष सेवा, ब्लड ग्रुप परिक्षण, आँखाको दृष्टि परिक्षण, BMI (Body mass index) परिक्षण सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

हेलम्बु प्राथमिक अस्पताल (हेलम्बु-२, किउल)मा स्वास्थ्य शिविर आयोजना भएको हो ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ९, शनिबार ००:४९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP