काभ्रे । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
यहाँ रास्वपाका उम्मेदवार मधुकुमार चौलागाईं १३ हजार ४३० मतका साथ पहिलो स्थानमा छन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानले पछ्याइरहेका छन् । उनले हालसम्म १२ हजार ३४० मत प्राप्त गरेका छन् । चौलागाईं र मुक्तानबीचको मतान्तर १ हजार ९० रहेको छ ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार दिननाथ गौतम १० हजार ९२१ मतका साथ तेस्रो स्थानमा छन्।
काभ्रे-२ मा रास्वपाका भण्डारी विजयी
काभ्रे क्षेत्र नम्बर २ काे अन्तिम नतिजा आएकाे छ । जसमा रास्वपाका बदन भण्डारी अत्याधिक मतका साथ विजयी भएका छन् । उनले ५३ हजार ३४४ मत ल्याउँदा नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत ल्याएका छन् ।
यहाँ एमालेका अशाेक व्याञ्जुले १३ हजार ९४०, नेकपाका वसुन्धरा हुमागाईँले ८ हजार १०७ मत ल्याए ।
बिहीबार भएकाे मतदानमा काभ्रेमा १ लाख ९७ हजार ३४१ मत खसेकाे थियाे । जम्मा ३ लाख २६ हजार ६११ मतदाता रहेकाे जिल्लाकाे क्षेत्र नम्बर १ मा १ लाख ६१ हजार १०० मतदाता रहेका थिए । यस क्षेत्रमा ९१ हजार १२८ मत खसेकाे छ ।
यस्तै क्षेत्र नम्बर २ मा कूल १ लाख ६५ हजार ५११ मतदाता रहेका थिए । यहाँ १ लाख ६ हजार २१३ मत खसेकाे थियाे । क्षेत्र नम्बर १ मा मत गणना जारी छ ।
प्रतिक्रिया