• २०८३ असार ३२ | Thu, 16 Jul 2026

अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न २० महिला ठमेलबाट पक्राउ

अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न २० महिला ठमेलबाट पक्राउ

काठमाडौँ । अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने युगाण्डा घर भएकी ३४ वर्षीया NAFUNA BRENDA समेत २० जना महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँको ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैधरूपमा पैसामा बार्गेनिङ गरी यौनधन्दा व्यवसाय सञ्चालन गरी बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दु:ख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ ठमेल फायरचोकबाट पक्राउ गरेको हो ।

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ११, बुधबार १४:४८
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP