काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखी हवाई इन्धनको मूल्य बढाइएको निगमले जनाएको छ ।
निगमका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १ हजार ७८५ डलर, पोखरामा ८०१ डलर रहेकोमा १ हजार ७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १ हजार ७१६ डलर कायम गरिएको निगमले जनाएकाे छ ।

प्रतिक्रिया