काठमाडौँ । वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ । ९२ वर्षको उमेरमा उनको आइतबार निधन भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार भोसलेको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकले पुष्टि गरेका छन् । उपचारका क्रममा मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उनको निधन भएको हो ।
भोसलको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पतालमा लगिएको थियो । उनलाई हृदयघात भएको उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् ।
भोसलेले भारतीय २० भन्दा बढी भाषा र विदेशी भाषाहरूमा समेत गरी १२ हजार भन्दा बढी गीत गाएकी छिन् । ८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रमा जन्मिएकी भोसलेले ९ वर्षकै उमेरदेखि गायन यात्रा सुरु गरेकी थिइन् । उनले दिदी लता मंगेशकरकाे प्रेरणाले गीत गाउन र अभिनय गर्न थालेकी थिइन् ।
प्रतिक्रिया