• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

पत्रकार तथा कवि यदुनाथ देउपुरेद्वारा स्वर्गीय माता पिताकाे स्मृतिमा साहित्य पुरस्कार घाेषणा

पत्रकार तथा कवि यदुनाथ देउपुरेद्वारा स्वर्गीय माता पिताकाे स्मृतिमा साहित्य पुरस्कार घाेषणा

काभ्रे । अग्रज पत्रकार तथा कवि यदुनाथ देउपुरेले उहाँका स्वर्गीय माता पिताकाे स्मृतिमा `हरिमाया-पदमनिधी साहित्य पुरस्कार´ घाेषणा गर्नुभएकाे छ । साे पुरस्कार आगामी जेष्ठ महिनामा प्रदान गर्ने गरि तीन सदस्यीय पुरस्कार छनाेट समिति बनाइएकाे छ । शनिबार प्रगतिशील लेखक सङ्घ काभ्रेद्वारा राखिएकाे नियमित कवि गोष्ठी कार्यक्रममा यसकाे जानकारी दिइएकाे हाे । पुरस्कारकाे संरक्षकमा स्वयं रहने पत्रकार देउपुरेले बताउनुभयाे ।

यसैबीच शनिबार प्रगतिशील लेखक सङ्घ काभ्रेको आयोजनामा नियमित कवि गोष्ठी तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा नर्मदेश्वरी सत्यालको उपस्थिती रहेको थियो । यसपटक स्रष्टा विशेषका रूपमा रामसुन्दर देउजा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा नवराज उत्साही, मुरहरी रायमाझी हरि, दिनेश खरेल, सरस्वती चिमोरिया, बलराम बिस्ट, शुसिला बिस्ट, यदुनाथ देउपुरे, हरिप्रसाद चौलागाईं, शारदाप्रसाद धिताल, अल्फि फोइन फालुक्पा, पूर्ण श्रेष्ठ ह्रदयाङ्कृत लगायतका कविहरूले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथि नर्मदेश्वरी सत्यालले कार्यक्रममा प्रस्तुत कवितामाथि समालोचनात्मक तथा समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । उहाँले आफ्नो चर्चित कविता “देशसँगै पोलिए म” समेत वाचन गर्नुभएको थियो ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण साहित्यप्रेमी, सहभागी तथा हल उपलब्ध गराइदिने नेपाल शिक्षक सङ्गठन प्रति आयोजकका तर्फबाट अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभयाे । कार्यक्रमको सभापतित्व रक्तिम लामाले गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २६, शनिबार २१:३०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP