• २०८३ असार ३१ | Wed, 15 Jul 2026

आज एक हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज एक हजारले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनकाे मूल्य घटेकाे छ । आज प्रतितोला १ हजारले मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९८ हजार ९०० कायम भएको छ ।

गत हप्ता आइतबार प्रतितोला एक हजारले मूल्य घटेको थियाे भने साेमबार ३०० ले मूल्य घटेको थियाे । मंगलबार ३ हजार ८०० ले मूल्य घट्याे ।

बुधबार भने ५ हजार ८०० ले मूल्य बढेको थियाे । बिहीबार १ हजार ८०० ले मूल्य बढ्याे । शुक्रबार पनि १ हजार ३०० ले मूल्य बढेको थियाे ।

यता आज चाँदीकाे मूल्य भने  बढेको छ । २५ रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य ५ हजार ३०० रुपैंयाँ कायम भएको छ ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीकाे मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेकाे थियाे । त्यस दिन सुन प्रतिताेला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा काराेबार भएकाे थियाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २७, आईतवार १०:५६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP