• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

आजकाे माैसमः अधिकांश प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

आजकाे माैसमः अधिकांश प्रदेशमा चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागमा साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ। बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका तराई भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भागका थोरै स्थानहरूमा तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ६, बुधबार ०५:३७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP